Banner
इटहरी : कम्प्युटर एसोसिएसन नेपाल (क्यान) सुनसरीले फागुन १० गते देखि इटहरीमा क्यान इन्फोटेक गर्ने
![](https://nispakshyakhabar.com/wp-content/uploads/2024/02/WhatsApp-Image-2024-02-21-at-7.11.38-AM.jpeg)
इटहरी : कम्प्युटर एसोसिएसन नेपाल (क्यान) सुनसरीले फागुन १० गते बिहीबारदेखि इटहरीमा क्यान इन्फोटेक गर्ने भएको छ ।
क्यान सुनसरीले मङ्गलबार पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराएको छ । फागुन १० गतेदेखि १४ गतेसम्म हुने इन्फोटेकमा विदेशी साथै नेपाली उत्पादनलाईसमेत प्राथमिकताका साथ प्रदर्शन र बिक्री गर्ने तयारी छ ।
क्यान सुनसरीका अध्यक्ष सन्देश राईले छैठौं पटक इन्फोटेक आयोजना गर्न लागेको जानकारी दिए ।
सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा कार्यरत जनशक्ति, विज्ञ र व्यवसायीहरूको छाता सङ्गठन क्यानले नेपालका विभिन्न स्थानमा इन्फोटेक आयोजना गर्ने गरेको छ ।
जसमा सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा प्रयोगमा रहेका सामाग्री तथा सेवाहरूको प्रदर्शनी र बिक्री वितरण गर्ने गरेको जनाएको छ ।
इन्फोटेकमा सूचना प्रविधिसम्बन्धी जानकारी लिनका साथै विभिन्न सामाग्री, उपकरणहरू सुपथ मूल्यमा किन्न सकिने उनले बताए ।
इन्फोटेकमा नेपाली सफ्टवेयर कम्पनीद्वारा उत्पादन गरिएका सफ्टवेयर, स्टार्टअप तथा स्वदेशी प्रविधिलाई प्रवर्द्धन गर्नका लागि छुट्टै सफ्टवेयर प्याभिलोन निर्माण गरेको जनाइएको छ ।
जसमा नेपाली उत्पादनले सहुलियतमा स्टल पाउनेछन् भने नेपालमा सूचना प्रविधि र सफ्टवेयरको क्षेत्रमा गरेको प्रगतिबारे जानकारी लिन सकिनेछ ।
Facebook Comment
Banner
विपद् व्यवस्थापनको पूर्व तयारीमा जुट्यो सुन्दरहरैचा नगरपालिका
![](https://nispakshyakhabar.com/wp-content/uploads/2024/06/15678694981718523110351.jpeg)
विपद् व्यवस्थापनको पूर्व तयारीमा जुट्यो सुन्दरहरैचा नगरपालिका
सुन्दरहरैंचा
सुन्दरहरैचा नगरपालिकाले मनसुन पूर्व तयारी तथा प्रतिकार्य कार्ययोजना अनुसार स्थानीय विपद् व्यवस्थापन समितिको बैठक सुन्दरहरैचा नगरपालिकामा आइतबार सम्पन्न गरेको छ । नगर प्रमुख केदारप्रसाद गुरागाईको अध्यक्षतामा बसेको विपद् व्यवस्थापन समितिको बैठकले विभिन्न निर्णयहरु गर्दै सुन्दरहरैचालाई विपद्को समयमा बचाइ राख्न विशेष योजना अघि सारेको छ ।
१. बैठकबाट विपद् सहायता केन्द्र स्थापना गर्ने,
२. विपद्को अवस्था, पूर्व तयारी, विपद् सम्बन्धी विशेष सहजीकरण गर्न २४ सै घण्टा सेवा प्रवाह गर्न विपद् व्यवस्थापन सम्पर्क व्यक्तिको रुपमा वासुदेव अधिकारीलाई तोकेको छ ।
३. विपद् व्यवस्थापनका लागि आवश्यक सामाग्री व्यवस्थापन गनर्,े
४. विपद् पूर्व तयारीका लागि खोला , खोल्सी, बाटाहरुमा अव्यवस्थित रहेका सामग्री हटाउने,
५. सुन्दरहरैचाभित्र रहेका संकटासन्न क्षेत्र ( विपद्को जोखिम क्षेत्र) पहिचान गरी सचेतनाका कार्यक्रम संचालन गर्ने
६.सुन्दरहरैचा वडा नं. ३ आगोलागीबाट क्षति भएको परिवार र वडा नं ४ हुरीबतासबाट क्षति भएको परिवारलाई कानूनमा व्यवस्था भए अनुसार आवश्यक सहयोग गर्ने ,
७. विपद्को समयमा उद्दार टिमलाई तयारी अवस्थामा राख्न भू.पू. सैनिक, प्रहरी र वर्तमान प्रहरी प्रशासनलाई विशेष प्राथमिकतामा राख्ने साथै राहत सामग्री र पूर्नस्थापना गर्ने स्थानहरुको पहिचान गर्ने निर्णय बैठकले गरेको छ । सुन्दरहरैचाले विपद्को पूर्व तयारी र विपद्को समयमा सबै मिलेर सहयोग गर्न आग्रह गरेको छ ।
Banner
अल्वानियाले गर्यो युरोकै छिटो गोल, साविक विजेता इटलीको पुनरागमन जित
![](https://nispakshyakhabar.com/wp-content/uploads/2024/06/Italy-v-Albania-Group-B-UEFA-EURO-2024-15.jpg)
अल्वानियाले युरो इतिहासमै सबैभन्दा छिटो गोल गरेको खेलमा साविक विजेता इटलीले पुनरागमन जित निकाल्दै युरो २०२४ मा विजयी सुरुआत गरेको छ ।
समूह बी अन्तर्गत डर्टमण्डको सिग्नल इडुना पार्कमा भएको खेलमा इटलीका लागि बात्सोनी र निकोलस बरेलाले गोल गरे ।
त्यसअघि खेल सुरु भएको २३ सेकेण्डमा अल्वानियाका नेदिम बाजरामीले गोल गर्दै युरोमा सबैभन्दा छिटो गोल गर्नै कीर्तिमान राख्दै अग्रता दिलाएका थिए ।
उनले सन् २००४ मा रुसका दिमीत्री किरिचेन्कोले ग्रिसविरुद्ध ६७ सेकेण्डमा गरेको गोलको कीर्तिमान तोडेका हुन् । तर, अल्वानियाको अग्रता लामो समय टिकेन ।
११औं मिनेटमा अलेसान्द्रो बात्सोनीले इटलीका लागि बराबरी गोल फर्काए । त्यसको पाँच मिनेटपछि नै बरेलाले गोल गर्दै इटलीलाई २-१ को अग्रता दिलाए । त्यसपछि खेलमा कुनै गोल नहुँदा इटलीले पुनरागमन जितसहित ३ अंक जोडेको हो ।
Banner
आज – ०२ आषाढ २०८१ आइतवार को राशिफल
![](https://nispakshyakhabar.com/wp-content/uploads/2024/04/438109703_833953985438784_7244814202403427408_n-1.jpg)
मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कला, साहित्यमा रुचि बढ्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । भक्ति र सेवा भाव बढेर जानेछ ।
मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज सहकर्मीबाट विरोध आउन सक्छ । यात्रामा मालसामान पनि हराउन सक्छ, तर धनार्जनका नयाँ स्रोतहरू भने पत्ता लाग्नेछन् ।
सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज धार्मिक यात्रा रहनेछ । लामो समयपछि आफन्तसँग भेटघाट हुनेछ । शुभ कार्यमा सरिक भइने र शुभ समाचारले मन पनि प्रसन्न रहनेछ ।
तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) मनमा दुबिधा उत्पन्न हुनेछ । सरकारी निकायको भय रहनेछ, तर आर्थिक लाभ र सहयोग मिल्नेछ । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ ।
धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) शुभ कार्यको काम अघि बढ्नेछ । सामाजिक कार्यमा सफलता मिल्नेछ । विपरीत वर्षप्रति आकर्षण बढ्नेछ । सांगीतिक क्षेत्रमा रुचि बढ्नेछ ।
कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज विद्यार्थीको पढाईमा मन नजान सक्छ । प्रेम जीवनमा पनि असमझदारी हुन सक्ने भएकाले विचार गर्नुपर्छ, तर शिक्षामा सफलता मिल्नेछ ।
बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । भूमिबाट लाभ रहनेछ । नयाँ व्यक्तिसँग भेटघाट हुनेछ । लाभदायक यात्रा पनि रहला ।
कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । रोकिएको धन हात पर्ला । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ ।
कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज व्यवसायको सन्दर्भमा आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । लगनशीलताले कामहरू पनि अगाडि बढ्नेछन् ।
बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज कुनै कुराले मनमा शान्ति छाउनेछ । मन्दिरको दर्शन हुनेछ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ, तर स्वास्थ्यमा सजगता अपनाउनु पर्नेछ ।
मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज शुभकार्यको चर्चा चल्नेछ । रमणीय र सुखद् यात्राको योग छ । पार्टी तथा सेमिनारमा सहभागी भइएला । प्रयत्न गरे फाइदा लिन सकिनेछ ।
मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । नसोचेको ठाउँबाट धनागम हुनेछ । मनोरञ्जनमा सहभागिता भइएला । आर्थिक कारोबारमा सफलता पाइएला । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । – ज्यो.प. नारायणप्रसाद दुलाल
-
अर्थ5 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner2 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद5 years ago
रंगशालाको अवलोकन
-
मुख्य4 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ4 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य5 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य4 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner4 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
You must be logged in to post a comment Login